३१ भाद्र २०८१, सोमबार

नेता नेपालले भने, ‘किम–मुन भेटवार्ताले त्रासपूर्ण वातावरण हट्यो’


madhav

१७ वैशाख, रुकुम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार मुसीकोट खलंगामा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जाई इनको भेटवार्ताले दुबै देशवीच सम्बन्ध सुधार संगै शान्ति र समृद्धिको मार्गचित्र भएको बताएका छन् ।

नेपालका नेता जान डराउने कोरियामा आफू गएर स्थायी शान्ति र दुई देशवीचको द्वन्द्व अन्त्यका लागि दक्षिण कोरियाका राष्ट्रिपति मुनलाई सुझाव दिएको स्मरण गर्दै नेता नेपालले उक्त भेटघाटको प्रशंसा गरे ।

उनले दुई मुलुक एक आपसमा मिल्नुको बिकल्प नभएको भन्दै अब भाई–भाईको सम्बन्ध स्थापित हुनुपर्नेमा जोड दिए ।

यसअघि उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मून जाई इनले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्न र सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने सहमति गरेका थिए ।

केही महिनाअघिको वाकयुद्धको स्थितिपछि दुई कोरियावीच भएको शिखर बैठकमा त्यस्तो सहमति गरिएको थियो ।

फरक प्रसंगमा नेता नेपालले दुई पार्टीबीच हुने एकता मिल्नका लागि मात्र नभई देशमा स्थायी शान्ति र समृद्धिका लागि पार्टी एकता हुन लागेका बताए । पार्टी एकताको प्रयास अन्तिम चरणमा पुगेको भन्दै उनले कुनै शक्तिले पनि पार्टी एकता रोक्न नसक्ने उद्घोष गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !