१९ बैशाख २०८१, बुधबार

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित


मनोजकुमार साह

जनकपुर । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले निर्वाचित भएका छन् । साहले १३ हजार ४६५ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका शिवशङ्कर साह ९ हजार ५३२ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी पाँच हजार ३६० मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।

उपप्रमुखमा कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत प्राप्त गरेर निर्वाचित भएकी छन् । एमालेका रुना झाले १० हजार ८८५ मत पाएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !