११ पुस २०८१, बिहीबार

भरतपुर महानगरमा रेनु दाहालको ७ हजार मतको फराकिलो अग्रता


रेनु दाहाल, विजय सुवेदी र जगन्नाथ पौडेल

चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहालले ७ हजार ४१५ मतले अग्रता लिएकी छन् । ८९ हजार ५०८ मतगणना गर्दा उनले ३५ हजार ९८ मत प्राप्त गरिन् भने नेकपा (एमाले) का विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गरेका छन् ।

उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई १५ हजार ४२६ मतान्तरले अग्रता लिएकी छन् । अधिकारीले ३७ हजार ३२६ मत प्राप्त गर्दा गुरुङले २१ हजार ९०० मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरमा हालसम्म १ देखि १७ नं वडासम्मको गणना सम्पन्न भइसकेको छ । अहिले अन्य वडाको मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !