११ बैशाख २०८१, मंगलबार

हेटौडाको मेयरमा एकीकृत समाजवादी, उपप्रमुखमा कांग्रेस विजयी


एकीकृत समाजवादी र नेपाली कांग्रेस

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मदेवार नेकपा (एकीकृत समाजवादी) का मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यालय हेटौँडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गरेका छन् । नतिजाअनुसार उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गरी भई विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गरेका छन् । राप्रपाकी इन्दिरा न्यौपानेले पाँच हजार ४८६ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !