३ असार २०८१, सोमबार

कालीकोट नगरपालिकाको रास्कोटमा माओवादी केन्द्र विजयी


नेकपा (माओवादी केन्द्र)

मान्म । कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगरप्रमुखमा धर्मराज शाही विजयी भएका हुन् । शाहीले ३ हजार ४७ मत प्राप्त गरे ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत ल्याएका छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल विजयी भएका छन् ।

बरालले २ हजार ८०९ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले एक हजार ३०१ मत ल्याएका छन् । रास्कोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !