८ बैशाख २०८१, शनिबार

जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता


मनोजकुमार साह

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै गएका छन् । साहले पाँच हजार ६१ मत प्राप्त गरेका छन् ।

एमालेका शिवशङ्कर साह तीन हजार २३१ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी एक हजार ४८८ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ४०८ मतका साथ चौथोे स्थानमा रहेका छन् ।

निवर्तमान नगरप्रमुखसमेत रहेका गठबन्धनका लालकिशोर साह एक हजार २८३ मतका साथ पाँचौँ स्थानमा छन् । उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राखेका छन् ।

उनले पाँच हजार ३९५ मत प्राप्त गरेका छन् । एमालेका रुना झाले तीन हजार ५६४ मतका साथ उनलाई पछ्याइ रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !