१६ आश्विन २०८१, बुधबार

सबै प्रकारका सिन्डिकेट अब खारेज गर्ने मन्त्री यादवको चेतावनी


matrika

१६ वैशाख, काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै देश र जनताको हित प्रतिकूल रहेका सबै प्रकारका सिन्डिकेट खारेज गर्ने चेतावनी दिएका छन् ।

उनले उदारीकरणको नाममा उद्योग धन्दा बेचेर खाने काम विगतमा हुने गरेको उल्लेख गर्दै अव त्यसो हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री यादवले लोडसेडिङ अन्त्य गराउने जस्ता सुःखद् काम मुलुकमा सुरु भइसकेको उल्लेख गरे ।

सरकारले त्यस्ता कामलाई अघि बढाउन उच्च प्राथमिकता दिने पनि स्पष्ट पारे । मन्त्री यादवले सरकार मुलुकमा भ्रष्टाचार हुन नदिन प्रतिवद्ध रहेको पनि स्मरण गरे । मन्त्री यादवले केही संचार मध्यमले अपराधजन्य गतिविधि गर्ने काम गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !