![मतदान](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/05/Election-Voting_Matadan.jpg?fit=1314%2C824&ssl=1)
काठमाडौँ । गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ ।
रौतहटको गरुडा नगरपालिका वडा नं ७, बौधीमाई नगरपालिकाको वडा नं १, २ र ९, गढीमाई नगरपालिकाको वडा नं ३ र ६, यमुनामाई गाउँपालिकाको वडा नं. १ र २, देवानी गोनाही नगरपालिकाको वडा नं २ तथा फतुवाविजयपुर नगरपालिकाको वडा नं ७ मा मतदान जारी छ ।
यसैगरी बाराको पचरौता नगरपालिका वडा नं २ र ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा नं २ र तनहुँको व्यास नगरपालिकाको वडा ४ मा मतदान जारी रहेको बताइएको छ ।