१५ असार २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक आज शुरु


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशनका लागि छलफल गर्न प्रतिनिधिसभाको बैठक आज शुरु भएको छ । आज मंगलबार अपराह्न केहि समयअघि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक शुरु भएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुरु भएको प्रतिनिधिसभा बैठकमा संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा अध्यादेश प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

संघीय संसदले सार्वजनिक गरेको पहिलो कार्यसूची अनुसार आज बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

दोस्रो कार्यसूची अनुसार आज बस्ने बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेलगायत सम्भावित कार्यक्रम रहेको छ । तेस्रो कार्यसूची अनुसार आज बस्ने बैठकमा सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले भने आज पनि अनुपस्थित रहेको थियो । सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले भने अनुपस्थित हुँदै आएको छ ।

एमालेले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना टाँस्नुपर्ने वा सभामुख सापकोटाले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै संसदको बैठक अवरोध जारी राख्दै आएको थियो ।

 

संसद बैठक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !