४ असार २०८१, मंगलबार

कार्यव्यवस्थाको बैठक जारी, एमाले आज पनि अनुपस्थित


कार्यव्यवस्थाको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा केही समयअघि शुरु भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले भने आज पनि अनुपस्थित रहेको छ । सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले भने अनुपस्थित हुँदै आएको छ ।

एमालेले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना टाँस्नुपर्ने वा सभामुख सापकोटाले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै संसदको बैठक अवरोध जारी राख्दै आएको थियो । कार्यव्यवस्थाको बैठक अनुपस्थित भएको आज पनि एमालेले संसद अवरुद्ध गर्ने प्रवल सम्भावना रहेको छ ।

संघीय संसद्को दुवै सदनको बजेट अधिवेशन आज मंगलबारदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा बैठकको आज अपराह्न ४ बजे बस्दै छ । संसदकाे बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्न लागेको प्रतिनिधिसभा बैठकमा संसद सचिवालयले सार्वजनिक गरेको ५ बुँदे सम्भावित कार्यसूचीमा २ वटा अध्यादेश प्रस्तुत हुने भएका छन् ।

संघीय संसदले सार्वजनिक गरेको पहिलो कार्यसूची अनुसार आज बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

दोस्रो कार्यसूची अनुसार आज बस्ने बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेलगायत सम्भावित कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !