१३ बैशाख २०८१, बिहिबार

आजदेखि संसदको बजेट अधिवेशन सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची


संसद भवन नयाँ वानेश्वर

काठमाडौं । संघीय संसद्को दुवै सदनको बजेट अधिवेशन आज मंगलबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा मंगलबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्न लागेको प्रतिनिधिसभा बैठकमा संसद सचिवालयले सार्वजनिक गरेको ५ बुँदे सम्भावित कार्यसूचीमा २ वटा अध्यादेश प्रस्तुत हुने भएका छन् ।

संघीय संसदले सार्वजनिक गरेको पहिलो कार्यसूची अनुसार आज बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

दोस्रो कार्यसूची अनुसार आज बस्ने बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेलगायत सम्भावित कार्यक्रम रहेको छ ।

तेस्रो कार्यसूची अनुसार आज बस्ने बैठकमा सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था रहेको छ । यस्तै सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने पनि संवैधानिक प्रावधान रहेको छ ।

सरकारले बजेट ल्याउनु अघि बजेटमाथि छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । अघिल्लो वर्ष सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो ।

यस्तो छ सम्भावित कार्यसूची

Samsad Karyasuchi


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !