७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले भने, ‘कृषि र पर्यटनवाट ५ नम्बर प्रदेश समुद्ध हुन्छ’


KP Oli

१६ वैशाख, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार प्रदेश नम्बर ५ को बिशेष बैठकलाई सम्बेधन गर्दै प्रदेश नम्बर ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्न सकिने बताएका छन् ।

सम्बोधनका क्रममा प्रदेश नम्बर ५ को प्रशंसा गर्न धेरै समय खर्च गरेका ओलीले कृषि र पर्यटनवाट यो प्रदेश समुद्ध बनाउन सकिने बताए । उनले प्रदेश नम्बर ५ दुनियाँ अन्धकार हुँदा ज्ञानको ज्योति छर्ने गौतम बुद्ध जन्मेकोस्थल रहेकाले यस क्षेत्रलाई समृद्ध बनाउन सबै लाग्नुपर्ने बताए ।

प्रदेशसभालाई पहिलो पटक सम्बोधन गरेका उनले भैरहवामा निर्माणधिन विमानस्थल सम्पन्न भएपछि विकासलाई थप टेवा पुग्ने बताए ।

ओलीले संघियता हजारौं बर्षदेखिको संघर्षको परिणाम भएको पनि बताए । संघीयताले अधिकार, अवसर र सुरक्षा सम्मान, सामाजिक न्याय ल्याएको पनि ओलीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !