७ असार २०८१, शुक्रबार

भरतपुर महानगरको मतगणना पुन: सुरु


मतगणना सुरु फाइल फोटो

भरतपुर । भरतपुर महानगरपालिकाको अचानक स्थगित गरिएको मतगणना पुन: सुरु भएको छ । मतपत्र बदर र सदर गर्ने विषयमा गठबन्धन र एमालेवीच विवाद भएपछि मतगणना अचानक स्थगित गरिएको थियो ।

भरतपुर महानगरपालिका वडा नम्वर २ को मतगणना चलिरहेको बेला मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना अचानक स्थगित गरिएको थियो । मतपत्रमा लगाइएको स्वस्तिक छाप नबुझिएकोले विवाद उत्पन्न भएको थियो ।

हिजो त्यस्तै प्रकृतिको स्वस्तिक छाप माओवादी केन्द्रको चुनाव चिन्ह हसियाँ हतौडामा हुँदा सदर भनिएको तर आज उस्तै प्रकृतिको स्वस्तिक छाप नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा हुँदा बदर भनिएको भनेर एमालेले विवाद उठाएको थियो ।

मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले सुरुमा मत सदर भनेपनि एकैछिनमा बदर भनेको भनेर षडन्यन्त्र भएको भन्दै एमाले प्रतिनिधिहरुले आरोप लगाएका थिए ।

अव मतपत्रमा त्यस्तो प्रकृतिको स्वस्तिक छाप लगाएको देखिएमा बदर मान्ने गरी प्रमुख निर्वाचन अधिकृतको कार्यालय र राजनीतिक दलका प्रतिनिधिहरुवीच सहमति भएपछि पुन: मतगणना सुचारु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !