६ जेष्ठ २०८१, आइतबार

नेपालगञ्जमा कांग्रेसका उम्मेदवार विष्टको प्रारम्भिक अग्रता


प्रशान्त विष्ट

राँझा । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका-२३ मा १९८ मतगणना हुँदा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार प्रशान्त विष्टले ७९ मत प्राप्त गरी अग्रता लिनुभएको छ । नेकपा (एमाले) का पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गरेका छन् ।

नगर उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्धिन राईले ६८, एमालेका शान्ति ढकालले २६ र राप्रपाकी विन्दु चर्तीमगरले ७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।

बाँकेको बैजनाथ र नरैनापुर गाउँपालिकामा कांग्रेस, खजुरा गाउँपालिका र राप्ती सोनारीमा एमाले र कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !