८ मंसिर २०८१, शनिबार

डोल्पाबाट माओवादीले खाता खोल्यो, जगदुल्लामा रोकाय विजयी


नेकपा (माओवादी केन्द्र)

डोल्पा । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको भएको निर्वाचनमा भौगोलिक क्षेत्रफलका आधारमा नेपालकै ठूलो जिल्ला डोल्पाबाट खाता खोलेको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नरसिंह रोकाय विजयी भएका छन् । माओवादी केन्द्रका रोकायले ७७० मत पाएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै अमृता बोहरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याएकी छन् भने उनकी प्रतिद्वन्द्वी एमालेकी चन्द्रावति थापाले ७४९ मत प्राप्त गरेकी छन् ।

जगदुल्लामा गठबन्धनका दलहरु कांग्रेस, एमाले र एकीकृत समाजवादीले माओवादीविरुद्ध तालमेल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !