२ जेष्ठ २०८१, बुधबार

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु


मतगणना सुरु फाइल फोटो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १ वडाको मतगणना सुरु भएको छ । हिजो शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेपनि भर्खर मतगणना शुरु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना शुरु भएको हो । कार्यालयले अहिले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरिएको र सोपश्चात् मतगणना सुरु भएको हो ।

सुरुआती चरणमा एक ठाउँबाट गणना गर्न थलिएको हो । काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो ।

शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकामा ३ लाख बढी मतदाता रहेको महानगरमा १ लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट केशव स्थापित, नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंह, राप्रपाको तर्फबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेदवार रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !