८ जेष्ठ २०८१, मंगलबार

पोखरा महानगरपालिकाको मतगणना सुरु


मतगणना सुरु फाइल फोटो

गण्डकी । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा आज दिउँसो ४ः१५ बजेदेखि मतगणना सुरु भएको छ । यसअघि बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको हो ।

पोखरा–१२ बाट अहिले गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए । अहिले नगर विकास समितिको हलमा गणना भइरहेको छ ।

पोखरा महानगरपालिकामा २ लाख सात हजार ७१२ मतदाता रहेकामा १ लाख ४३ हजार २२८ मत खसेको थियो । पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादीका) धनराज आचार्य र नेकपा (एमाले) बाट कृष्ण थापाबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।

भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कूल २ लाख ७ हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !