७ मंसिर २०८१, शुक्रबार

हिमाली जिल्ला मनाङबाट मतगणना जारी


मनाङबाट मतगणना जारी

काठमाडौँ । हिमाली जिल्ला मनाङबाट मतगणना जारी रहेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिए ।

जिल्लामा चार गाउँपालिका रहेको छ । जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामा समेत सुरु भएको उनले बताए । जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेका छन् । कूल चार हजार ६७ मत खसेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !