१४ बैशाख २०८१, शुक्रबार

आयोगले भन्यो- अपरान्ह पौने ५ बजेसम्म देशभर ६० प्रतिशत मत खस्यो


निर्वाचन आयोग

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपरान्ह पौने ५ बजेसम्म देशभर ६० प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई समय सकिएपनि मतदानस्थल प्रवेश गरेर लाइनमा बसेका मतदाताले भने मतदान गर्न सक्ने आयोगले बताएको छ ।

कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भएको आयोगले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !