१४ पुस २०८१, आइतबार

ओलीले भने- देउवाले ९ गतेसम्म पनि मलाई चुनाव सार्न प्रस्ताव गर्नुभएको थियो


केपी शर्मा ओलीले गरे मतदान

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई चुनाव सार्न प्रस्ताव गरेको खुलासा गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा बालकोटमा रहेको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेपछि अध्यक्ष ओलीले आफूलाई पटक-पटक चुनाव सार्न प्रस्ताव गरेपनि आफूले अस्वीकार गरेको बताएका हुन् ।

ओलीले वैशाख ९ गतेसम्मसमेत प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचन सार्न विभिन्न व्यक्तिमार्फत् आफूलाई प्रस्ताव पठाएको बताएको खुलासा गरेका हुन् । ओलीले सत्ता गठबन्धनले अर्को चैत्रमा मात्र स्थानीय निर्वाचन गर्ने रणनीति राखेर चुनाव सार्न प्रस्ताव गरेको बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !