१४ बैशाख २०८१, शुक्रबार

स्थानीय तहको निर्वाचनको दिन आज मतदान हुँदै


मतदान

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा आज मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको मतदाताले मतदान गर्ने समय निर्धारण गरेको छ । आज हुने निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदान गर्न सक्नेछन् ।

निर्वाचन आयोगले आज हुने स्थानीय निर्वाचन, २०७९ को सम्पूर्ण तयारी भई सकेको हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउले आयोगले बताएको छ ।

आज हुने स्थानीय निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् ।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित १ लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आआफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् ।

आज हुने स्थानीय निर्वाचनमा २ लाख ६० हजार सुरक्षा जनशक्तिले निर्वाचनको सुरक्षा दिँदैछन् । त्यसमा १ लाख म्यादी प्रहरी छन् । नेपाल प्रहरीका ६५ हजार बढी परिचारित छन् भने नेपाली सेनाबाट ७१ हजार सहभागी छन् । त्यस्तै सशस्त्र प्रहरीका ३२ हजार बढी परिचालित भएका छन् ।

मतदानस्थललाई तीन घेरामा सुरक्षा प्रदान गरिने छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका गृहमन्त्रालयले जनाएको छ । जुनसुकै मतदानस्थलमा बढीमा ३० मिनेटभित्रमा पुग्ने गरी सेनाले सुरक्षा रणनीति बनाएको जानकारी दिएका छन् । प्रहरीले मतदान केन्द्रमा १८ जनासम्म प्रहरी परिचालन गरिएको बताए ।

नेपालका चार सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना) ले निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गरी लागू गरेका छन् । चारै निकायले आ-आफ्नै छुट्ट छुट्टै सुरक्षा रणनीति समेत बनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !