२१ जेष्ठ २०८१, सोमबार

काँग्रेसद्वारा चितवनका पूर्व सांसद श्रेष्ठसहित ५ जना निलम्बित


भीमबहादुर श्रेष्ठ

चितवन । सत्तारुढ दल नेपाली काँग्रेसले चितवनका पूर्व सांसद भीमबहादुर श्रेष्ठसहित ५ जनालाई निलम्बन गरेको छ । कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै पूर्व सांसद श्रेष्ठसहित ५ जनालाई निलम्बन गरेको हो ।

काँग्रेसले पार्टीको नीति विपरित निर्वाचन गतिविधिमा संलग्न भई भरतपुरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्वसांसद श्रेष्ठसहित ५ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको बताएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फवाट साझा उम्मेदवार रेनु दाहालविरुद्ध लागेको भन्दै काँग्रेसले पूर्व सांसद र तरुण दलका पूर्व केन्द्रीय सदस्यसहित ५ जनालाई निलम्बन गरेको हो ।

निलम्बन हुनेमा पूर्वसांसद श्रेष्ठ, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, काँग्रेस क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !