१२ श्रावण २०८१, शनिबार

जेठ ३ गते संसदको अधिवेशन बोलाउन सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिस


संसद भवन नयाँ वानेश्वर

काठमाडौं । सरकारले जेठ ३ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार मन्त्रिपरिषद्को बैठकले आगामी जेठ ३ गते दिउँसो ४ बजेका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अधिवेशन आह्वान गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था रहेको छ । यस्तै सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने पनि संवैधानिक प्रावधान रहेको छ ।

सरकारले बजेट ल्याउनु अघि बजेटमाथि छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । अघिल्लो वर्ष सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !