१७ पुस २०८१, बुधबार

एमालेले एक दशक नेतृत्व गरे मुलुकको कायापलट हुने ओलीको दावी


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेले एक दशक नेतृत्व गर्न पाए मुलुकको कायापलट हुने दावी गरेका छन् ।

एमालेले आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयको मनमोहन स्मृति हलमा जारी पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले देशलाई विश्वकै सर्वश्रेष्ठ बनाउन चाहेको जिकिर गरेका हुन् ।

अध्यक्ष ओलीले एमालेले विकास, सुशासन र मानव सुखका दृष्टिले विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहेको सपना देखाएका हुन् । ओलीले राष्ट्रिय संकल्प कार्यान्वयन गर्न एउटा दल चाहिने भएकोले एमालेले मात्रै सो महान कार्यभार पुरा गर्ने जिकिर गरेका हुन् ।

ओलीले एमालेले नेपाललाई राष्ट्रिष्य स्वाभिमानसहितको एवं गर्विलो राष्ट्र बनाउन चाहेकोले एमालेबिना सो कार्य असम्भव रहेको दावी गरेका हुन् । ओलीले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा एमालेलाई जिताउन आम नागरिकलाई अपिल गरेका छन् ।

एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वको तत्कालिन सरकारले गरेका महत्वपूर्ण कामहरुको शृंखलाबद्ध सूचीको ठेलीलाई स्मरण गर्दै नेपालको विकास र सम्वृद्धिको लागि सूर्य चिन्हमा मतदान गरेर एमालेलाई विजय गराउन आग्रह गरेका हुन् ।

उक्त अपिलमार्फत ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले गरेको कामको कडा शब्दमा आलोचनागरेका छन् भने आफू नेतृत्वको अघिल्लो सरकारले गरेका कामको गुणगान गाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !