१२ आश्विन २०८१, शनिबार

कांग्रेसमाथि ओली आक्रोशित, लगाए आरोपै-आरोपका थुप्रो


पत्रकार सम्मेलन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसप्रति आक्रोशित भएर आरोपै-आरोपका थुप्रो लगाएका छन् ।

एमालेले आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयको मनमोहन स्मृति हलमा जारी पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा वाधा अवरोध खडा गरेको आरोप लगाएका हुन् ।

ओलीले नेपाली कांगेस विकासको बाधक भएको पनि आरोप लगाएका छन् । ओलीले एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गति लिइरहेको बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।

ओलीले कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाएका छन् । ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको बताएका हुन् ।

ओलीले हालै जारी भएको कांग्रेसको चुनावी घोषणापत्रले पनि कांग्रेसले विकास नचाहने कुराको पुष्टि गर्ने बताए । ओलीले नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्नका लागि एमाले स्थापनाकालदेखि नै प्रतिबद्ध रहेको उल्लेख गर्दै कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लिएको बताएका छन् ।

सुशासन र विकासको मार्गमा तीव्र रूपले अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न, पछाडि फर्काउनका लागि राष्ट्रियता लोकतन्त्र र जनताप्रतिको कर्तव्यवोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गरेको बताएका छन् ।

ओलीले संसद् विघटनपछि सर्वोच्च अदालतले पुन:स्थापना गरी गठन भएको नयाँ सरकारले संसदीय मूल्य र मान्यतालाई नै कुल्चिएर राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको आरोप लागेका छन् ।

ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाउनुको साथै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको बताए । ओलीले नेपालको विकास र सम्वृद्धिको लागि सूर्य चिन्हमा मतदान गरेर विजय गराउन पनि आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !