५ जेष्ठ २०८१, शनिबार

पोखरापछि गठबन्धनको चुनावी सभा दाङमा पनि हुँदै, शीर्ष नेताले सम्बोधन गर्ने


सत्ता गठबन्धन आमसभा चितवन भरतपुर फाइल फोटो

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका दलहरुले पोखरापछि आजै दाङमा पनि चुनावी सभा गर्ने भएका छन् । गठबन्धनका दलहरुले पोखरापछि दाङको तुलसीपुरमा दिउँसो २ बजे आमसभा गर्न लागेका हुन् ।

दाङको तुलसीपुरमा गठबन्धनले गर्न लागेको संयुक्त चुनावी आमसभालाई पाँच दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । पोखराको अमरसिंह चौरमा चुनावी आमसभा गरेपछि दाङको तुलसीपुरमा पनि गठबन्धनको आमसभा हुने भएको हो ।

तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा हुदैछन् । घोराहीमा जिल्ला समन्वय समितिको दक्षिणतर्फको शहीद मञ्चमा हुने कार्यक्रमलाई नेताहरूले सम्बोधन गर्ने भएका हुन् ।

सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताले सम्बोधन गर्नेछन् ।

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर देशभरका विभिन्न स्थानमा गठबन्धनका दलले आमसभा जारी राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !