८ मंसिर २०८१, शनिबार

प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न आज तनहुँ जाँदै


शेरबहादुर देउवा

काठमाडौँ । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गर्ने चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ जाँदै छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज शनिबार आयोजना हुने सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा दमौली जान लागेका हुन् ।

सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतलेसमेत सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । व्यास नगरपालिका–३ अनसनचौतारीमा आयोजना गरिएको चुनावीसभा बिहान साढे १० बजेदेखि शुरु हुने बताइएको छ ।

नेपाली कांग्रेसबाट सदरमुकाममा रहेको व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै उम्मेदवार छन् । नगरप्रमुख न्यौपाने दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !