१८ असार २०८१, मंगलबार

श्रेष्ठले प्रचण्डलाई भने- रेनुलाई भरतपुरमा जिताउँछौं तर कांग्रेसलाई हिजोको जस्तो धोका नहोस्


जितनारायण श्रेष्ठ

चितवन । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भरतपुर महानगरपालिकाकी सत्ता गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदवार बनेकी रेनु दाहाललाई जिताउँने आश्वाशन दिएका छन् ।

पाँच दलीय सत्ता गठबन्धनको आज चितवनको भरतपुरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले पाँच वर्षअघिको जस्तो नेपाली काँग्रेसलाई धोका नदिन सचेत गराएका छन् । श्रेष्ठले भरतपुरमा गठबन्धनको जित सुनिश्चित रहेको समेत बताएका हुन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा सोझो भएकाले जे भन्यो त्यै मान्ने गरेकोले प्रचण्डले भने विगतमा धोका दिएको स्मरण गराएका हुन् । श्रेष्ठले भरतपुरमात्रै नभएर चितवनका सबै पालिकामा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै विगतमा जस्तो धोका नदिन आग्रह गरे ।

उनले कांग्रेसको नेतृत्वमा बनेको संविधान एमालेले समाप्त गर्न खोजेका कारण गठबन्धन राजनीतिक आवश्यकता बनेको बताए । उनले भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता जगन्नाथ पौडेललाई पार्टी निर्णयलाई मान्न आग्रह समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !