७ मंसिर २०८१, शुक्रबार

बागी उम्मेदवारी पौडेलको चेतावनी : सभापति देउवा नै आए पनि उम्मेदवारी फिर्ता लिन्न


जगन्नाथ पौडेल

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले पार्टी सभापति शेरबहादुर देउवा नै आए पनि आफ्नो उमेदवारी फिर्ता नहुने दावी गरेका छन् ।

भरतपुर महानगरपालिकाको प्रमुख पद माओबादी केन्द्रको भागमा परेपछि नेता पौडेलले स्वतन्त्र उमेदवारी दिएका छन् । शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले भेटका लागि राखेको प्रस्ताव समेत पौडेलले अस्वीकार गरेका थिए । आफू प्रमुखको उमेदवार भएको भन्दै उनले अब सभापति देउवा नै आए पनि फिर्ता नहुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !