३ फाल्गुन २०८२, आइतबार

कमलामाई नगरपालिका : उपमेयरमा माओवादीको मनोनयन खारेज


दीर्घराज श्रेष्ठ

काठमाडौं । सत्ता साझेदार माओवादी केन्द्रबाट सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयरका दीर्घराज श्रेष्ठको उम्मेदवारी खारेज भएको छ ।

जसपाबाट माओवादी प्रवेश गरेर उपमेयर उम्मेदवार बनेका श्रेष्ठको उम्मेदवारी निर्वाचन आयोगको दर्ता प्रणालीमा समावेश नहुँदा खारेज भएको निर्वाचन आयोलेले जानकारी दियो ।

जिल्ला निर्वाचन कार्यालय अनुसार जसपाको समानुपातिक प्रणालीको बन्द सूचीको उम्मेदवारमा नाम कायम रहेकाले दर्ता प्रक्रियामा समावेश हुन नसकेको हो ।

श्रेष्ठको उम्मेदवारी खारेज गरेपछि विकल्पको रुपमा गठबन्धनबाटै जनता समाजवादीका उम्मेदवारलाई विकल्पका रुपमा अगाडि सार्ने तयारी गरेको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !