७ असार २०८१, शुक्रबार

भरतपुरको मेयरमा माओवादीकी रेनु दाहालले गरिन् उम्मेदवारी दर्ता


रेनु दाहाल मेयर उम्मेदवारी दर्ता

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै उपमेयरमा नेपाली कांग्रेसका भरतपुर नगरसभापति चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनको तर्फवाट उम्मेदवार बनेकी दाहालले भरतपुरको मेयरमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले भरतपुर महानगरपालिकाको मेयरमा दाहाललाई साझा उम्मेदवार बनाएको थियो ।

दाहालले भरतपुर महानगउम्मेदवारी दर्ता गर्न उनी नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, गठबन्धनका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित पुगेकी थिइन् ।

दाहालको प्रस्तावकमा नेपाली कांग्रेस भरतपुर महानगर सचिव र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने रहेका छन् । दाहाल र अधिकारी सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

ठूलो सङ्ख्यामा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । दाहाल विसं २०७४ मा पनि नेपाली कांग्रेसको सहयोगमा महानगरको प्रमुख बनेकी थिइन् ।

अधिकारी विसं २०७४ को निर्वाचनमा महानगरको वडा नं २१ को वडाध्यक्षमा निर्वाचित भएकी थिइन् । अहिले अधिकारी कांग्रेसको भरतपुर महानगर समितिका सभापति हुन् । गठबन्धनले महानगरमा वडासम्मै तालमेल गरेको छ ।

भरतपुर महानगरपालिकापालिकाको मेयरमा उठ्न उनले मेयर पदबाट राजीनामा समेत दिएकी थिइन् । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बनेकी दाहालले राजीनामा दिएकी थिइन् ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको मनोनयनको आज दोस्रो तथा अन्तिम दिन हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !