काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने भएको छ ।
आज सोमबार बिहान काँग्रेसले विराटनगर महानगरपालिकाको मेयरको टिकट कोइरालालाई दिएको हो । कांग्रेसमा उनी नेता शेखर कोइराला निकट नेता मानिन्छन् ।
विराटनगरको मेयरमा काँग्रेसवाट भीम पराजुली, अृमत अर्याल र डिला संग्रौला दाबेदार थिए । यसअघि सभापति शेरबहादुर देउवाले अमृत अर्याल वा डा. डिला संग्रौलामध्ये एकलाई उमेदवार बनाउने तयारी गरेपछि विवाद बढेको थियो ।
तीन जनालाई पछि पार्दै मोरङ उपसभापति कोइरालाले टिकट पाएका हुन् । सभापति देउवाले पार्टीमा भागबण्डा मिलाउन कोइरालालाई नै टिकट दिएको बुझिएको छ ।