३ असार २०८१, आइतबार

नेपाली कांग्रेसद्वारा स्थानीय निर्वाचनको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)


कांग्रेसको स्थानीय निर्वाचनको घोषणापत्र

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज स्थानीय तहको निर्वाचनको लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसले आज दिउँसो पार्टी कार्यालय सानेपामा आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको हो ।

सार्वजनिक गर्न लागिएको उक्त घोषणापत्रमा चुनावी एजेण्डा समेटिएको छ । काँग्रेस महामन्त्री गगन थापाको नेतृत्वमा तयार गरिएको घोषणापत्र लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले सार्वजनिक गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत शुक्रबार मात्र आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो । यस्तै नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल लगायत दलहरुले घोषणापत्र र प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।

यस्तो छ नेपाली कांग्रेसको स्थानीय निर्वाचनको घोषणापत्र (पूर्णपाठ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !