२ जेष्ठ २०८१, बुधबार

भरतपुर महानगरकी मेयर रेनु दाहाल दिइन् राजीनामा


रेनु दाहाल दिइन् राजीनामा

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनका तर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले आज शुक्रबार राजीनामा दिएकी हुन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन् । उनीसँगै वडाध्यक्ष र नगर सदस्यले पनि राजीनामा दिएका छन् ।

सत्तारुढ गठवन्धनका तर्फबाट भरतपुरको मेयर माओवादी केन्द्रले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ । उनले दिएको सो राजीनामा पत्र उपप्रमुख पार्वती शाह ठकुरीलाई बुझाएलगत्तै ठकुरीले राजीनामा स्वीकृत पनि गरेकी छन् ।

यस्तो छ हेर्नुहोस् रेनु दाहालको राजीनामा
रेनु दाहालको राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !