७ बैशाख २०८१, शुक्रबार

अध्यक्ष ओलीद्वारा एमालेको नयाँ पार्टी कार्यालयकाे उद्‍घाटन


अध्यक्ष ओलीद्वारा एमालेको नयाँ पार्टी कार्यालयकाे उद्‍घाटन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नयाँ पार्टी केन्द्रीय कार्यालयमा सारेको छ । काठमाडौँको थापाथलीमा रहेको एमालेको पुरानो पार्टी कार्यालयवाट ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा रहेको नयाँ पार्टी कार्यालयमा सरेको हो ।

एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिष्ट पार्टीको ७४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका बीच नयाँ पार्टी कार्यालयको उद्‍घाटन गरेका हुन् ।

एमालेले उक्त तुल्सीलाल प्रतिष्ठानको पुरै भवन भाडामा ५ वर्षका लागि भाडामा लिएको हो । यसअघि एमालेले उक्त भवनमा पार्टीका बैठकहरु गर्दै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !