९ माघ २०८१, बुधबार

चुनाव जित्नका लागि कम्युनिस्टको सहारा आवश्यक छैन : नेता कोइराला


डा. शेखर कोइराला

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस कमजोर नभएको र कसैको बैसाखी जरुरी नभएको दाबी गरेका छन् । बुधबार आयोजित कार्यक्रममा नेता कोइरालाले जितका लागि कम्युनिस्ट सहारा नचाहिने दावी गरे ।

नेता कोइरालाले काँग्रेस एक्लै गन्तव्यमा पुग्न सक्ने भन्दै भने, “नेपाली काँग्रेस कमजोर छैन । एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौँ भन्ने आत्मविश्वास छ । काँग्रेसलाई कसैको बैसाखी चाहिएको छैन ।”

पार्टीको निर्णय बिरुद्ध गठबन्धन भएको र केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको नेता कोइरालाले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !