६ जेष्ठ २०८१, आइतबार

गठबन्धनमा पालिका भागबण्डा : कुन दलले कहाँ पाए मेयर र उपमेयर ? (सहमतिपत्रसहित)


सत्ता गठबन्धन बैठक

काठमाडौं । लामो रस्साकस्सी पछि अन्तत: पाँच दलीय सत्ता गठबन्धनका दलका नेताहरुको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको भागबण्डा टुंगो लागेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धन दलहरूको बैठकले ६ महानगरपालिका र ११ उपहानगरपालिकाको भागबण्डाको टुंगो लागेको हो । महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको टुंगो लागेसँगै संयुक्त बैठक बसेर गठबन्धनका नेताहरुले अन्तिम सहमतिपत्रमा समेत गरेका छन् ।

नेपाली काँग्रेस

सहमति अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयरमा साझा उम्मेदवार दिने भएको छ भने वीरगंज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिने भएको छ ।

उपमहानगरपालिकातर्फ काँग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयरमा उम्मेदवारी दिने भएको छ भने जितपुर सिमरा, हेटौंडा र घोराही उपमेयरमा उम्मेदवारी दिने भएको छ ।

नेकपा (माओवादी केन्द्र)

यस्तै नेकपा (माओवादी केन्द्र) ले भरतपुर महानगरपालिकामा मेयरमा उम्मेदवारी दिने भएको छ भने ललितपुर महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिने भएको छ ।

उपमहानगरपालिकातर्फ माओवादीले जितपुर सिमरा र घोराहीको मेयरमा उम्मेदवारी दिने भएको छ भने धरान र धनगढीको उपमेयरमा उम्मेदवारी दिने भएको छ ।

नेकपा (एकीकृत समाजवादी)

त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले पोखरा महानगरपालिकामा मेयरमा उम्मेदवारी दिने भएको छ भने काठमाडौं महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिने भएको छ ।

उपमहानगरपालिकातर्फ एकीकृत समाजवादीले हेटौडाको मेयरमा उम्मेदवारी दिने भएको छ भने इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा उम्मेदवारी दिने भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)

साथै जनता समाजवादी पार्टी (जसपा) ले वीरगंज महानगरपालिकामा मेयरमा उम्मेदवारी दिने भएको छ भने विराटनगर नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिने भएको छ ।

उपमहानगरपालिकातर्फ जसपाले जनकपुरको मेयरमा उम्मेदवारी दिने भएको छ भने कलैया र नेपालगंजको उपमेयरमा उम्मेदवारी दिने भएको छ ।

कुन दलले कहाँ पाए मेयर र उपमेयर ? (सहमतिपत्र)

कुन दलले कहाँ पाए मेयर र उपमेयर ? (सहमतिपत्र) कुन दलले कहाँ पाए मेयर र उपमेयर ? (सहमतिपत्र)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु