१९ असार २०८१, बुधबार

प्रचण्डले भने, ‘चन्द्रपुर देशकै नमुना सहर बन्छ’


prachanda प्रचण्ड

१३ वैशाख, रौतहट । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटको चन्द्रपुर नगरपालिका-२ जुडिबेलामा स्मार्ट सिटीको अवधारणाअनुसार जुडिबेला पौराइ कालोपत्रे सडकको शिलान्यास गर्दो रौतहटको चन्द्रपुर नगरपालिकालाई देशकै नमुना सहर बनाउने बताएका छन् ।

अध्यक्ष प्रचण्डले चन्द्रपुरवासीको आयस्तर बृद्धि गर्ने लक्ष्यका साथ चन्द्रपुर नगरीलाई औद्योगिक नगर बनाउले लक्ष्यका साथ काम भइरहेको पनि बताए । अध्यक्ष प्रचण्डले भने, ‘चन्द्रपुर नगरलाई औद्योगिक नगर बनाउनको लागि उद्योग मन्त्री मात्रिका यादवलाई निर्देशन दिइसकेको र काम पनि अगाडि बढिसकेको छ ।’

उनले भने, ‘चन्द्रपुर नगरपालिकालाई देश कै नमुना सहर बनाउले लक्ष्यका साथ मेरै अनुरोधमा तत्कालीन शहरी विकाश मन्त्री प्रभु साहको पहलमा यो नगरलाई स्मार्ट सिटी बनाउने काम भएको हो ।’ ‘यो चन्द्रपुरवासीको लागि यो धेरै खुशीको कुरा हो । अव तपाईहरू ढुक्क हुनुस् चन्द्रपुरनगर अव स्मार्ट सिटीका साथसाथै औद्योगिक नगरीको रुपले चिनिन्छ’अध्यक्ष प्रचण्डले भने ।

देशको राजनीतिक उथलपुथल हुन रौतहटको भुमीको ऐतिहासिक भूमिका भएको कारणले पनि रौहतटको विकासको लागि आफू सदैव सहयोग गर्न तयार रहेको अध्यक्ष प्रचण्डले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !