१८ असार २०८१, मंगलबार

भरतपुर महानगरपालिका माओबादीलाई दिने करिब सहमति भइसकेको प्रचण्डको दावी


प्रचण्ड फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका माओबादीलाई दिने गठबन्धनभित्र करिब सहमति भइसकेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादीलाई भरतपुर महानगरपालिकाको नेतृत्व दिने विषयमा सबैजसो दल तयार भएको दावी गरे ।

प्रचण्डले भरतपुर महानगरपालिकाको मेयर चाहिन्छ भनेर आफूहरुले अडान नराखेको समेत बताए । उनले भने, “भरतपुर नै नभई भएन रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन।”

उनले गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने भएकाले काठमाडौ दिने भए पनि विराटनगर भने पनि लिन तयार भएको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !