११ असार २०८१, मंगलबार

प्रचण्डको दावी : आज बेलुकासम्म महानगरको बाँडफाँड टुंगो लाग्छ


प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै बेलुकासम्म नै महानगरको बाँडफाँड टुंगो लाग्ने दावी गरेका छन् । अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धन महानगरपालिकाको चुनावी तालमेलमा सहमति नजिक रहेको संकेत गरेका हुन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएपछि कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आफूले गरेको पत्रकार सम्मेलन संचारकर्मीले सोधेको प्रश्नको जवाफ दिंदै उनले सत्ता गठबन्धनका शीर्ष नेताबीच फेरि बैठक बसेर महानगरको बाँडफाँड टुंगो आजै लाग्ने दावी गरेका हुन् ।

उनले महानगरपालिकाको तालमेल सहमति नजिक रहेको र आजै सहमति जुट्ने दावी गरे । उनले बेलुकासम्म महानगरपालिका र उपमहानगरपालिकामा तालमेल निष्कर्षमा पुग्ने दावी गरे ।

साथै उनले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुने दावी गरेका छन् । उनले स्थानीय निर्वाचन कुनै हालतमा पनि नसर्ने र समयमै हुने दावी गरेका हुन् । उनले संविधानसभादेखि अहिलेसम्म भएका सबै निर्वाचनमा त्यस्तो देखिएको र निर्वाचन सार्ने सरकारको मनसाय नभएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !