१९ असार २०८१, बुधबार

अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकताको कुरा २५ वर्षअघि मदन भण्डारीसँगै भएको थियो’


प्रचण्ड

१३ वैशाख, रौतहट । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै वाम एकता जनताको साझा सम्पत्ति भएको बताएका छन् । प्रचण्डले सिंगो देशले एकता चाहेको प्रतिक्रिया समेत दिए ।

‘हामीलाई चिन्ता छ’, उनले भने, ‘सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने ।’ प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित विषय भएको भन्दै विलम्ब गर्न नहुने बताए ।

पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको उनको भनाइ छ । ‘एकताको पहल भर्खर भएको होइन’, उनले भने, ‘कम्युनिष्टहरुवीच एकता गर्ने विषयमा २०५० साल जेठ ६\७ गते मदन भण्डारीसँग छलफल गर्ने कुरा भएको थियो तर, केही दिनअघि नै उहाँको हत्या भयो ।’

शुक्रबार पार्टी एकताको कामलाई अन्तिम रूप दिने अध्यक्ष प्रचण्डको भनाइ छ । एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै लागिपरेको भन्दै उनले एकताको प्रक्रियामा उत्रिन कार्यकर्ताहरुलाई आह्वान गरे । देशको समृद्धि नै अहिलेको मुख्य कार्यभार भएकाले यसलाई पूरा गर्नु सबैको कर्तव्य भएको उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !