१९ असार २०८१, बुधबार

अध्यक्ष प्रचण्डले भने, ‘ज्येष्ठ नागरिकको दायित्व राज्यले लिन्छ’


प्रचण्ड

१२ वैशाख, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका-२१ पर्वतीपुमा बुधबार आयोजित ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्दै ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने बताएका छन् ।

उनले अहिलेको सरकारले ज्येष्ठ नागरिकको समस्या समाधान गर्ने विश्वाससमेत दिलाए । ‘घोषणापत्रमा भत्ता पाँच हजार पुर्‍याउने भनिएको छ, योसँगै ज्येष्ठ नागरिकको राज्यले उचित संरक्षण गर्छ’, दाहालले भने ।

ज्येष्ठ नागरिकको योगदानको उचित मूल्यांकन हुने बताए । चितवनवाट प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वप्रधानमन्त्री दाहालले चितवनको विकासका सन्दर्भमा अन्य जिल्लाका लागि समेत नमुना हुने गरी जिल्लाको विकास गर्ने योजना रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !