१२ श्रावण २०८१, शनिबार

पार्टीका र तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन काँग्रेसको निर्देशन


स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पार्टीका र चुनावी तालमेल गरिएका सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्देशन दिएको छ ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पार्टीको मातहत कमिटीलाई सो निर्देशन दिएको हो ।

काँग्रेसले पार्टी आवद्ध भातृ संघ एवं शुभेच्छुक संस्थाहरुलाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परचालन कमिटी गठन गरी पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका उम्मेदवारलाई विजय गरौँ सक्रिय हुन निर्देशन दिएको हो ।

कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका लागि सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको बैठकले गठबन्धनलाई बलियो बनाउँदै सम्पूर्ण भातृसंगठन, शुभेच्छुक संस्था परिचालन गर्न ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

वैशाख ३ देखि ५ गतेभित्र प्रदेशबाट सबै नाम सिफारिस गराउने र गठबन्धनमा समस्या देखिएका नाममा पछि छलफल गर्ने समितिले निर्णय गरेको छ । त्यस्तै बैठकले चुनावी सभालाई व्यवस्थित गर्न र आचारसंहितालाई पालना गराउने विषय पनि मापदण्ड तय गरेको हो ।

काँग्रेसले सत्ता गठबन्धनका विरुद्धमा नजान मातहतका कमिटीलाई निर्देशन दिएको हो । काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले गठबन्धनका विरुद्धमा नबोल्न र नजान समेत निर्देशन दिएको हो ।

बैठकमा समिति संयोजक खड्काले गठबन्धनले सवैको अस्तित्व जोगाउने भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।कांग्रेसले बैठकमा कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध समेत गरेको छ ।

 स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !