१२ बैशाख २०८१, बुधबार

महिलामन्त्री रेग्मी अकस्मात किन वीर अस्पताल भर्ना भइन् ? के भयो उनलाई ?


उमा रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अकस्मात अस्पताल भर्ना भएकी छन् । टाउकोमा चोट लागेपछि उनी उपचारका लागि वीर अस्पताल भर्ना भएकी हुन् ।

मन्त्री रेग्मी सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागेको थियो । टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनी एक हप्तादेखि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरेर बसेकी थिइन् ।

वीर अस्पतालमा एमआरआई गरेपछि उनको टाउकोको बाहिरी भागमा रगत जमेको थाहा भएको छ । जमेको रगत पातलो बनाउन थप उपचार अगाडि बढाइएको अस्पतालले स्रोत बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !