१४ बैशाख २०८१, शुक्रबार

एमाले र राप्रपाबीच चुनावी गठबन्धन


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपा नेपालबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ ।

एमालेका नेता देवेन्द्र दाहाल र राप्रपा नेपालका नेता सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।

सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !