८ मंसिर २०८१, शनिबार

प्रचण्डले भने, ‘नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन’


prachanda प्रचण्ड

१२ वैशाख, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन् । उनले दुई देशको वीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताए ।

उनले भने, “मैले चाहे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुरामा होस् या चीनका राष्ट्रपति सि जिङ् पिङ्सँगको कुरामा होस् मैले भनेको छु तपार्इहरू एक्लै विकास गर्छु भनेर वीचमा भएको नेपाललाई छोड्दिनुभयो भने तपाइँहरुको विकास पूर्ण हुनेवाला छैन ।”

प्रचण्डले आम नेपालीलले सत्ता पक्ष, प्रतिपक्ष, मधेशी, पहाडी, हिमाली सबै मिलेर एकपटक विकासका लागि संकल्प गर्ने बेला आएको बताए । आठरदश वर्षमात्रै देशको विकास र सुशासनतिर केन्द्रीत भएर लाग्न सक्यो भने सबैलाई उछिन्ने सम्भावना रहेको प्रचण्डले बताए ।

७० वर्षदेखि प्राप्त गर्न नसकेको चिज यतिबेला प्राप्त भएको भन्दै उनले स्थिरताको सम्भावना मात्रै होइन जगसमेत बसिसकेको बताए । संवैधानिक रुपले, राजनीतिक रुपले, हरेक दृष्ट्रिकोणले नेपालमा अब स्थिरता कायम भएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !