७ बैशाख २०८१, शुक्रबार

नेपालमा सहरहरूको व्यवस्थापन गर्न नसकिएको नेता खनालको टिप्पणी


झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालमा सहरहरूको व्यवस्थापन गर्न नसकिएको टिप्पणी गरेका छन् ।

नेता खनालले बढ्दो सहरीकरणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा गम्भीर भएर सोच्ने बेला आएको बताए ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन् ।

उनले सहर व्यवस्थित बनाउने नीति निर्माण गर्दा दीर्घकालीन रुपमा समस्या ननिम्त्याउने ढंगको ऐन तर्जुमा गर्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !