५ जेष्ठ २०८१, शनिबार

माओवादीको निर्णय : हरेक जिल्लामा एक जना महिला मेयर अनिवार्य


नेकपा माओवादी केन्द्र

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहमा महिलालाई प्रमुख भूमिकामा अघि बढाउने निर्णय गरेको छ ।माओवादीले उपमेयरलाई सीमित नगर्नका लागि महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने निर्णय गरेको हो ।

माओवादीले हरेक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलर जारी गरेको हो । माओवादीले एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन जोड गर्ने पनि निर्णय गरेको एक नेताले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !