७ मंसिर २०८१, शुक्रबार

गठबन्धनले चुुनावी तालमेलको मोडालिटी मंगलबार टुङ्ग्याउने


सत्ता गठबन्धन बैठक

काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी मंगलबार बस्ने बैठकमार्फत टुङ्ग्याउने भएका छन् ।

सोमबार बसेको पाँच दलीय गठबन्धनको उच्चस्तरीय बैठकपछि एक नेताले तालमेलको मोडालिटी मंगलबार बस्ने बैठकमार्फत टुङ्ग्याउने जानकारी दिए ।

आज बसेको बैठकले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्था अनुसार तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् ।

बैठक मंगलबार बेलुका ४ बजे बस्ने एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !