१२ असार २०८१, बुधबार

प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित


नारायण दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनित गरेकी हुन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम चितवन निवासी दाहाललाई मनोनित गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

संविधानमा ३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । यसअघि राष्ट्रपतिले मनोनित गरेका रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा दाहाल नियुक्त भएका हुन् ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

 नारायण दाहाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !